राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान जेठ २ सम्म बन्द, लकडाउन थप्ने निर्णय भाेलि
समाधान संवाददाता
२०७७ वैशाख १३ गते १५:१९

समाधान संवाददाता
पाेखरा १३ वैशाख
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म नखाेल्ने निर्णय गरेको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए । सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो।
सचिव विडारीका अनुसार लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ। अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ।
बैठकमा लकडाउनबारे समीक्षा भएको थियो। लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको उनले बताए। यसअघि बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनबारे मोडालिटी तय गर्न निर्देशन दिएको थियो।
सम्बन्धित








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया