पत्रकारमाथि प्रहरी दमनको विरोध

समाधान संवाददाता २०७७ वैशाख २३ गते २०:५२

पोखरा

पत्रकार प्रेम नेपालीमाथि जिल्ला प्रहरीद्वारा मंगलबार भएको दुव्र्यवहारप्रति पत्रकारसम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा आवरअल न्युज डटकका सम्पादक प्रेम नेपाली लाई जिल्ला प्रहरी कार्यालय कास्कीको गेट बाहिर मंगलबार दिउँसो १२ः३० बजे समाचार संकलनका क्रममा प्रहरी अधिकृतद्वारा दुव्र्यवहार गरिएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ ।

Advertisement

महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर पीडकलाई पक्राउ नगरेको भन्दै जम्मा भएका पीडित पक्ष, कानुनी व्यवसायी र जनप्रतिनिधिहरुको बारेमा समाचार संकलनका क्रममा भिडियो खिच्दै गर्दा नखिच्न भन्दै क्यामेरा खोस्ने प्रयास गर्दै पत्रकार नेपालीमाथि दुव्र्यवहार गरिएको थियो ।

यो घटनाप्रति महासंघ विज्ञप्ति नै निकालेर खेद व्यक्त गरेको छ । कोरोना संक्रमणको महामारीको बेला अग्रमोर्चामा रहेर जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि गरिने यस्ता दुव्र्यवहार आगामी दिनमा नदोहोरियोस् भन्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील बन्न प्रहरी प्रशासन सहित सम्पूर्ण सरोकारवालामा महासंघले अनुरोध गरेको छ ।

Advertisement


राष्ट्रिय दलित पत्रकार संघ, गण्डकी अध्यक्ष रेम विकले विज्ञप्ति निकालेर घटनाप्रति खेद जनाएका छन् ।


जातीय विभेद विरुद्धको घटनालाई दबाउन खोज्नु र उल्टै सो विभेदको घटनाको बारेमा समाचार संकलन गर्न गएका पत्रकारलाई प्रहरीले दमन गर्नु अति निकृष्ट काम रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया