कहाँ राख्ने कोरोना संक्रमित, तनावमा छ बाँके

समाधान संवाददाता २०७७ जेठ ५ गते १८:२२

दैनिक नेपालगञ्जकाे अनलाइन सस्करणमा प्रकाशित समाचार

बाँकेमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेपछि उनीहरुको व्यवस्थापन चुनौतिको रुपमा देखिएको छ । यसअघि भेटिएका ३३ कोरोना पोजेटिभ मध्ये ८ जनाको व्यवस्थापन बाँकेमा गर्न नसकेपछि नरैनापुरका ८ जनालाई दाङ पठाइएको थियो । 

नरैनापुरमा सोमबार थप ४७ मा कोरोना देखिएको छ । यसअघि १ जना कोभिडका बिरामीको तत्काल उपचार नहुँदा मृत्यु भएको तितो सत्य बाँके सँग छ । स्थानीयले एम्बुलेन्स चालकसँग पिपिए नभएपछि अस्पताल लैजानका लागि नमानेपछि २५ बर्षिय युवकले नरैनापुरको क्वारेन्टाइनमै ज्यान गुमाएका भन्दै स्थानीय आक्रोशित छन् । 

Advertisement

यसअघि ८ जनाको व्यवस्थापन हुन नसकेको बाँकेमा सोमबार भेटिएका ४७ संक्रमितलाई कहाँ राख्ने भने समस्या सिर्जना भएको छ । खजुराको कोरोना विशेष अस्पतालमा २६ जना छन् । त्यहाँ थप विरामीको व्यवस्थापन गर्न नसकिने यसअघि स्वास्थकर्मीले बताइएसकेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले पनि ५० बढी कोरोना पोजेटिभ जिल्लामा भेटिएमा थप पूर्वाधार आवश्यक पर्ने दैनिक नेपालगन्जसँगको संवादमा बताइसकेका छन् ।

Advertisement

नेपालगन्जमा डेन्टल अस्पताल कोरोना पोजेटिभ बिरामी राख्न प्रयोग गर्न सकिनेछ । तर, त्यहाँ व्यवस्थापन भै नकसेकाले नै नरैनापुरका पोजेटिभ दाङ पठाइएको थियो ।

बाँकेका हरेक स्थानीय तहमा कोभिडका बिरामीका लागि एम्बुलेन्स तयार राख्ने भनेपछि तयार अवस्थामा छैन । बाँकेमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलाई पीपीइ आवश्यक मात्रामा नभएपछि जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रसँग स्वास्थ्य सामाग्री माग गरेको छ । तर, ती सामाग्री जिल्ला आइसकेको छैन ।

आज भेटिएका बिरामीलाई राख्ने अस्पताल, लैजाने स्वास्थ्यकर्मी, एम्बुलेन्सको पूर्व तयारी बाँकेमा भैसकेको छैन । प्रशासन, प्रहरी र स्वास्थ्य अधिकारीहरु कसरी कोरोनाको विरामीलाई व्यवस्थापन गर्ने भनेर अहिले छलफलमा जुटेका छन् । स्वास्थ्य तथा प्रशासनका अधिकारीसँग व्यवस्थापनबारे कुरा गर्न खोजिएपनि सम्पर्क प्रयास सफल हुन सकेको छैन ।

हिजो आइतबार मात्रै जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले २ सय बेड क्षमताको आइसोलेसन अस्पताल बनाउनका लागि समिति बनाएएको छ । आइसोलेसन अस्पतालको नयाँ ठाउँ पहिचान नहुँदै बाँकेमा एकैपटक ठूलो संख्यामा कोरोना पोजेटिभ भेटिएका हुन् ।

बाँके कोरोनाको हटस्पट बनेको छ । बाँकेमा यसअघि ३४ कोरोना पोजेटिभ भेटिएकोमा सोमबार थप ४७ थपिएका हुन् ।

नेपालगन्जमा २५, नरैनापुरमा ५६ जना कोरोना पोजेटिभ भेटिइसकेका छन् । नरैनापुरमा एक जना कोभिड पोजेटिभको मृत्यु पनि भैसकेको छ । सोमबार भेटिएका ४७ बाहेक २५ को खजुराको कोरोना विशेष अस्पताल र ८ जनाको दाङमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया