चट्याङको झड्का लाग्दा खसेर मृत्यु

समाधान संवाददाता २०७७ जेठ १४ गते १४:१३

रासस

Advertisement

घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा खसेर सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् ।

कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रोतला ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा घरको छतबाट खसेर गम्भीर घाइते भएका वासुलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

Advertisement

तपाईको प्रतिक्रिया