कास्कीकाे भेडाबारीमा फुटबलकाे ड्रिम प्राेजेक्ट बन्दै, १७ करोड ५५ लाख आयाे

समाधान संवाददाता २०७७ जेठ २१ गते १७:३४

समाधान संवाददाता

कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका स्थित भेडाबारीमा फुटबल ट्रेनिङ सेन्टर बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भेडाबारीमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको हो । यसका लागि फुटबलको सर्बोच्च निकाय फिफाबाट बजेट आएको छ ।

भेडाबारीमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने फुटबलको सर्बोच्च सस्था फिफाको सहयोगका कारण सम्भव भएको हो । सो ट्रेनिङ सेन्टर निर्माणका लागि नयाँ आर्थिक बर्षमा एन्फाले १७ करोड ५५ लाख रुपैयाँको बजेट समेत छुट्याएको छ ।

Advertisement

सोमबार बसेको कार्यसमिति बैठकले ट्रेनिङ सेन्टर निर्माणका लागि करिब साढे १७ करोड रुपैयाँको बजेट पारित गर्ने निर्णय गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ लामाका अनुसार नयाँ आर्थिक बर्षबाट काम थालनी हुनेछ । अहिले बजेट पास भैसकेको छ ।

Advertisement

करिब २ सय ५२ रोपनी जग्गा निर्माण हुने फुटबल ट्रेनिङ सेन्टरका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको छ । ट्रेनिङ सेन्टर निर्माणको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार करिब ३५ जनासम्मलाई आवाशीयस सुविधा सहितको व्यवस्था हुनेछ ।

नेपाल कै ड्रिम प्रोजेक्टको रुपमा निर्माण गर्न लागेको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसले गण्डकी प्रदेशको फुटबल विकासमा ठुलोे योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो सेन्टरमा विदेशी फुटबल खेलाडी समेत ल्याएर तालिम गराउने लक्ष्य एन्फाले राखेको छ । यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा गरिएको छ ।

एन्फाले तयार पारेको डीपीआर अनुसार ट्रेनिङ सो सेन्टरभित्र ५ हजार दर्शक क्षमता सहितको तीन वटा प्राकृतिक मैदान बन्नेछन् । सो सेन्टरमा स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र एक अन्तराष्ट्रिय मापदण्डको सम्मेलन हल समेत निर्माण गरिनेछ ।

यो प्रारम्भिक बजेट भएको र फिफाबाट अरु बजेट समेत आउने अध्यक्ष लामाले बताएका छन । यो परियोजना ३ चरणमा सक्न फिफाले एन्फालाई निर्देशन दिएको छ ।

याे कास्कीका लागि ठुलाे उपलब्धी हाे भद्नै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले खुशी व्यक्त गरे ।

नाेट समाचारकाे तस्विर भेडाबारीकाे हाे ।

तपाईको प्रतिक्रिया