सापुले निम्त्याउने संकट

समाधान संवाददाता २०७७ जेठ २३ गते ७:४१

सम्पादकीय

एकातिर कोरोनाको महामारी, अर्कोतिर डेंगुको प्रकोप । यहीबीचमा पोखरा र आसपासका जिल्लामा सेतो पुतलीले आँखामा पु¥याउने असर (सापु) को समस्या देखिएको छ । यो भन्दा अघि वर्ष बिराएर देखिने गरेको सापुको समस्या अहिले वर्ष नबिराई देखिएको छ ।

पोहोर भदौमा गण्डकीका केही जिल्लामा सेतो पुतलीको समस्याले आक्रान्त पारेको थियो । बर्सेनी सापुको समस्या देखिन थालेपछि उसले सम्बन्धित क्षेत्रका वैज्ञानिकलाई फेरि एक पटक अलमलमा पारेको छ ।

Advertisement

त्यसो त सापुको कारण सेतो पुतली भए पनि त्यसमा भएको कुन तत्वले असर पार्ने हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । यसको खोजीमा निरन्तर लागिरहेका वैज्ञानिकलाई फेरि अर्को चुनौती थपिएको छ, किन देखियो त वर्षैपिच्छे सापु भनेर ।

१ महिनायता हिमालय आँखा अस्पतालमा ४ जिल्लाका ४ जना सापुका बिरामी आएका छन् । ४ जनामध्ये १ जनाको निको भएको छ भने २ जनाको शल्यक्रिया भएको छ । १ जना भने आफ्नै खुसीले काठमाडौं गएका छन् ।

Advertisement

उपचारका लागि आएकामध्ये १ बालिकाले दृष्टि गुमाएकी छन् । दृष्टि गुमाउनुको मुख्य कारण नै उपचारमा ढिलाइ हो । तसर्थ समयमै सुविधासम्पन्न अस्पताल पु¥याउन सकेको खण्डमा दृष्टि गुम्नबाट जोगाउन सकिन्छ ।

खासगरी बालबालिकामा यसको असर बढी देखिने गरेको छ । पाको उमेरकालाई समस्या नै नहुने त होइन तर बालबालिकाको आँखामा यसले छिटै र धेरै असर पार्ने गरेको अहिलेसम्मको अध्ययनले देखाएको छ ।

पाका मान्छेले छिटै हेक्का पु¥याउने र हात जथाभावी रुपमा नचलाउने तर बालबालिका त्यसमा सचेत नहुँने भएकाले पनि समस्या उनीहरुमा बढी समस्या देखिएको हो कि भन्ने अनुमान छ । आँखा रातो हुनु, चिलाउनु, आँखाको ज्योति कमजोर हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु सापु रोगका लक्षण हुन् ।

पुतली हेर्दा राम्रो देखिने र हातमा लिएर खेलाउने गर्दा पनि कतिपयमा समस्या देखिने गरेको छ । यस्तो पुतली खासगरी सेतो बत्तीमा झुम्मिन्छन् । सापुको उद्गमस्थल पोखरा नै हो । करिब ४ दसक अगाडि पोखरामा पहिलोपटक सापुको समस्या देखिएको थियो ।

पोखराको लामाचौरमा यो समस्या देखिएपछि आँखारोग विशेषज्ञ डा. मदन उपाध्याय नेतृत्वको टोलीले अध्ययन थालेको थियो । उनकै टोलीले यो रोगलाई सापु नामकरण गरेको हो । कतिपय अवस्थामा थाहा नपाएर त कतिपय अवस्थामा हेलचक्राइँ गरेकाले सापुबाट आँखा गुम्ने गरेको यो क्षेत्रमा निरन्तर लागेकाहरुको अनुभव छ ।

धेरैतिर समस्या नदेखिएकाले सरकारले यसको नियन्त्रण र उपचारलाई प्राथमिकतामा राखेको छैन । थोरै संख्यामा प्रभावित हुने गरेका र उनीहरु आफ्नै तरिकाले उपचारमा लाग्ने भएकाले पनि सरकारी ध्यान त्यतातिर नपुगेको हुनसक्छ ।

त्यसो त नेपालमा आँखा रोगको उपचारमा सरकारी सहभागिता अत्यन्तै कम रहँदारहँदै पनि विश्वमै कहिलिएको उपचार हुने गरेको छ । नेपाल नेत्रज्योति संघ र अन्य सामाजिक संघसंस्थाहरुको सक्रियतामा आँखा उपचारको काम हुँदै आएको छ । सानो लापरवाहीले दृष्टि गुमाउनुभन्दा सतर्कता अपनाउनु नै सबैभन्दा भन्दा उत्तम उपाय हो यसबाट बच्ने ।

भदौदेखि मंसिर महिनासम्म देखा पर्ने सेतो पुतलीको संक्रमण कहिलेकाहीँ अरु महिनामा पनि देखिने गरेको छ । बत्तीमा झुम्मिन आएका पुतली नै सापुको मुख्य कारण हो ।

झ्यालढोका राम्रोसँग लगाउने, अनावश्यक बत्ती नबाल्ने र घरबाहिर बालिएको बत्तीका आडमा नबस्ने गर्नुपर्छ । यदि समस्या देखिइहालेमा नजिककौ अस्पतालमा पु¥याएर दृष्टि गुम्नबाट जोगिऔं र अरुलाई जोगाऊँ ।

तपाईको प्रतिक्रिया