काठमाण्डु प्रवेशमा झन कडाई, बसाेबास भएकाे स्थानीय तहले सिफारिस दिए मात्र पास पाउने

समाधान संवाददाता २०७७ जेठ ३२ गते १५:१८

समाधान सम्वाददाता

लकडाउन अलि खुकुलो भयो भन्दै काठमाण्डौं जाने योजना बनाउनु भएको छ भने तपाईको योजना तत्काल सफल नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले देशको राजधानी प्रवेश गर्नका लागि लकडाउनको अवधिमा भन्दा पनि कडा नियम बनाएको छ ।

काठमाण्डौं उपत्यका भन्दा बाहिरका मानिसका लागि त प्रवेश झनै कठिन भएको छ । काठमाण्डौं कै स्थानीय बासिन्दा पनि राजधानी बाहिर हुनुहुन्छ र आफ्नो घर जान चाहानु भएको छ भने आफ्नो घर भएको स्थानीय तहको सिफारिसमा मात्र त्यहाँ जान सक्नु हुनेछ ।

Advertisement

राजधानी बाहिर भएका काठमाण्डौंका नागरिकले आफु हाल रहेको जिल्लामा सवारी पास अनुमति पत्र लिनका लागि आफ्नो घर भएको स्थानीय निकायको सिफारिस अनिवार्य गरिएको छ ।

काठमाण्डौं जिल्ला प्रशासने आफ्ना नागरिकलाई भनेको छ–‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ । यो कुरा प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार निकालेको सूचनामा भनिएको छ ।

Advertisement

काठमाडौं उपत्यकाबाट बाहिर जान पनि प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्छ।

‘सरकारी वा संस्थागत कामका काठमाडौं बाहिर जानुपर्ने भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित यस कार्यालयमा सम्पर्क राख्नु हुन’ सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया