हिलाम्य मैदानमा जापान बाहिरियो, आज क्यामरुन र एमएमसी खेल्ने

समाधान संवाददाता
पोखरा रंगशालामा जारी पोखरा मनकामना केबलकार कपको सेमिफाइनलमा जापानी टोलीलाई हराउँदै सशस्त्र प्रहरी बल एपिएफ फाइनल प्रवेश गरेको छ । दिनभरकाे वर्षाले हिलाम्य भएकाे मैदानमा जापानको रिस्सो विश्वविद्यालयलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफका गोलरक्षकले १ पेनाल्टी बचाउ गर्दै एपिएफलाई फाइनल पुर्याएका हुन् ।
९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमका खेलाडीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको हो । एपिएफका गोलरक्षक राजु नगरकोटी म्यान अफ दी म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ र ट्रफी हात पारे ।
जापानको खेल स्तरीय हुँदा पनि जित्न सफल भएको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले बताए । गोलरक्षकले निकै उत्कृष्ट खेल देखाएका कारण नै जित सफल भएको उनले बताए । एपिएफको टोली कमजोर भए पनि जापानी खेलाडीका लागि उपयुक्त मैदान नभएको बताए ।
‘जापानको तुलनामा हामी कमजोर छाै,’ तामाङले भने, ‘तर पनि रणनीति अनुसार खेल्दा जित हात पर्यो ।’ मैदान प्रतिकूल नहुँदा आफूलाई फाइदा भएको उनले बताए ।
रिस्सो विश्वविद्यालयले गरेका करिब दर्जनौं प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले निकै उत्कृष्ट बचाउ गरेका थिए । ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । एपिएफलाई निकै दबावमा राखेको रिस्सोले एपिएफलाई गोल गर्ने अवसर दिएन । राम्रो खेल प्रदर्शन गरेको रिस्सो विश्वविद्यालयले खेलको १३ औं मिनेटमा केसुकिको क्रस पासमा कोयोजी फुजिमोरीको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटीले पन्च गर्दै बचाउ गरे ।
खेलको ४५ औं मिनेटमा नाट्सुकीले गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरिन पुग्यो । ५४ औं मिनेटमा टाकुया हिटोमीले गरेको प्रहार गोलरक्षकले पन्च गरे । ६२ औं मिनेटमा योटा उमेहाराको पासमा योजी फुजिमोरीले गरेको प्रहार गर्दा गोलरक्षकले बचाउ गरे । ८५ मिनेटमा योटाले नै गरेको प्रहार गोलरक्षकले उत्कृष्ट बचाउ गरे । ९० औं मिनेटमा फुजिमोरीले डिबक्स भित्रबाट गरेको प्रहारलाई गोलरक्षकले डाइभ गर्दै बचाउ गरे ।
९३ औं मिनेटमा उमेहाराले गरेको उत्कृष्ट प्रहार फस्टबारमा लागि फर्किन पुग्यो । १ सय ४ मिनेटमा नासुकी टकेडाको क्रसपासमा यसुताका सुजुकीले गरेको हेडमा पुन गोलरक्षक बाधक बन्न पुगे ।
जापानका प्रशिक्षक ताकेसेक तोकाइरिनले विपक्षीका गोलरक्षक र डिफेन्सले राम्रो खेल प्रदर्शन गरेको कारण दोस्रो हाफमा कमजोर देखिएको बताए । पहिलो पटमा प्रहार गरेको बल पोलमा वा किप्परको हातबाट फुत्केपछि दोस्रो पटक सोही बल प्रयोग गर्न नसेको नै कमजोरी भएको बताए । उनले सोचेको जस्तो खेल प्रर्दशन गर्न नसकेको बताए ।
प्रतियोगिता अन्तर्गत शनिबार पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमिली र मनाङ मस्र्याङ्दीबीच दोस्रो खेल हुने आयोजकले जनाएको छ । क्यामरुनले च्यासल युथ क्लब र नेपाल पुलिस क्लबलाई डिफेन्स टिम फेमिलीले जितको हो । थ्री स्टार ब्रिगेड ब्वाइज र आयोजकलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया