चेल्सीकाे कठिन जित

एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चौथो स्थानको चेल्सीले अवे मैदानमा भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो ।
रेलिगेशनको जोखिममा रहेको एस्टन भिल्लाले पहिलो हाफमा अग्रता लिएर पनि जोगाउन सकेन । ४३ औँ मिनेटमा हायुजको गोलबाट भिल्लाले अग्रता लिएको थियो ।
तर ६० औँ मिनेटमा पुलिसिकले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि ओलिभर जिरउडले गोल गरेर चेल्सीको जित निश्चित गरेका हुन् ।
जितपछि फ्र्यांक लाम्पार्डको टिम चेल्सीको ३० खेलबाट ५१ अंक भएको छ । उ तेस्रो स्थानको लेस्टर सिटी भन्दा तीन अंकले पछि र पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेड भन्दा पाँच अंकले अघि रहेको छ ।
१९ औँ स्थानमा रहेको एस्टन भिल्लाको ३० खेलबाट २६ अंक रहेको छ । उ रेलिगेशन जोनबाट माथि रहेको वेष्ट ह्यामभन्दा एक अंकले पछि परेको छ









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया