ला लिगा राेमाञ्चक माेडमा, रियल मड्रिड शीर्षस्थानमा

एजेन्सी
स्पेनिस ला लिगा फुटबलको उपाधि राेमाञ्चक माेेडमा पुगेकाे छ । हत्वपूर्ण फड्को मार्दै लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै रियल मड्रिड बार्सिलोनालाई पछि पारेर अंक तालिकाको शीर्षस्थानमा पुगेको छ ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई २–१ पराजित गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५० औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए ।
७० औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिडको अग्रता दोब्बर भयो । रियल सोसिडाडका लागि ८३ औँ मिनेटमा मेरिनोले एक गोल फर्काए ।
करिम बेन्जिमा रियल मड्रिडको इतिहासमा ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । उनले अहिलेसम्म क्लबका लागि ला लिगामा १६५ गोल गरेका छन् ।
जितपछि जिनेदिन जिदानको क्लब रियल मड्रिड समान खेलबाट समान अंक तर गोल अन्तर कम भए पनि हेड टू हेडमा अघि रहेका कारण बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा उक्लिएको हो ।
३० खेलबाट रियल मड्रिड र बार्सिलोनाको समान ६५ अंक भएको छ । लिगका अब ८ चरणका खेल हुन बाँकी छ । उपाधि होडमा रियल मड्रिड र बार्सिलोनाको दबाब अति कडा बन्दै गएको छ ।
आइतबार राति नै भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेसलाई ६–० तथा भ्यालेन्सियाले ओसासुनालाई २–० ले पराजित गरेको छ ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया