रोनाल्डोको पेनाल्टीमा युभेन्टसको सहज जित
समाधान संवाददाता
२०७७ असार ९ गते ७:४०

एजेन्सी
इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ । शीर्ष स्थानको युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा इन्जुरी समयको केही मिनेट युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टसले दुवै गोल पहिलो हाफमा गरेको हो ।
उसका लागि २३ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरेर सुरुवाति अग्रता दिलाए । ३६ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेर टिमको अग्रता दोब्बर पारे ।
डानिलो इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जितपछि युभेन्टसको २७ खेलबाट ६६ अंक भएको छ । युभेन्टस लिगको शीर्ष टिम हो ।
सोमबार राति नै भएका अरु खेलमा एसी मिलानले लिचेलाई ४–१ पराजित गर्दा फियोरेन्टिना र ब्रेसियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।
सम्बन्धित









स्टक ब्रोकर्स एसोसियसनको सभा
स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया