एपिएफको सपना तुहाइदियो क्यामरुनले

समाधान संवाददाता
विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) पोखरा रंगशाला उत्रदा मनकामना केवलकार पोखरा कप उचाल्ने लक्ष्य लिएको थियो । एपिएफ आत्मविश्वासी त थियो नै अन्य टोली भन्दा राम्रो फर्ममा पनि थियो । तर पाहुना टोली अफ्रिकी मुलुक क्यामरुनको डफिन्स टिम फेमिली छैटौं मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतियोगिताको फाइनलमा एपिएफलाई १–०ले हराउँदै क्यामरुन टिमले उपाधि उचालेको हो । विजेता डफिन्सले नगद ७ लाख ५५ रुपैयाँ हात पा¥यो । उपविजेता एपिएफले ४ लाख ५ हजार रुपैयाँमा चित्त बुझायो ।
खेलको ५४ औं मिनेटमा डफिन्सका यानिक ओवानाले गोल गर्दै जित दिलाएका हुन् । डफिन्सका अर्मेल अहन्दाले गरेको प्रहारलाई एपिएफका डिफेन्स सन्तोष कटवालले क्लियर गर्न खोज्दा फुत्किएको बललाई आर्मेलले प्रहार गर्दा बलले जाली चुम्न पुगेको हो । बल पोजिसन राख्न नसक्दा हार व्यहोर्न बाध्य भएको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले प्रतिक्रिया दिए । क्यामरुन खेलाडी शारीरिक रुपमा केही बलिया भएर एपिएफका खेलाडीले अवसर सिर्जना गर्न नसकेको तामाङको भनाइ छ ।
खेलको १३ औं मिनेटमा डफिन्सका यानिकले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुग्यो । पहिलो हाफमा खासै प्रभावकारी खेल्न नसकेको दुबै टिमले दोस्रो हाफमा भने केही राम्रा अवसर सिर्जना गरे । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको डफिन्सले पाएको अवसरलाई सदुपयोग गर्दा जित निकालेको हो । खेलको ७६ औं मिनेटमा डफिन्सका डिडर टिनाले डिबक्सनजिकैबाट गरेको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले पन्च गर्दै बचाउ गरे ।
क्यामरुनले मनकामना कपमा पहिलोपटक भाग लिएको हो । ऊ यसअघि प्रिक्वाटरफाइनल खेलमा च्यासल युथ क्लबलाई, क्वाटरफाइनलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । मनाङ मस्र्याङ्दीलाई हराएर ऊ फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा एपीएफका गोलरक्षक राजु नगरकोटी सर्वोत्कृष्ट खेलाडी हुँदै मोटरसाइकल हात पारे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पनि राजु एपीएफकै राजु नगरकोटी घोषित भए । उत्कृष्ट मिडफिल्डर मनाङ मस्र्याङदी क्लबका हेमन गुरुङ, उत्कृष्ट स्ट्राइकर डफिन्सका यानिक ओवाना, उत्कृष्ट डिफेन्स एपिएफकै रमेश डंगोल र उत्कृष्ट प्रशिक्षक एपिएफकै राजु तामाङ घोष्ति भए । उनीहरुले समान २५–२५ हजार रुपैयाँको साथै ट्रफी हात पारे ।
टिम रुसे विश्वविद्यालयको टिम जापान अनुशासित टिम घोषणा भएको छ । सोही क्रममा पत्रकारिताको माध्यमबाट पोखराको फुटबल खेललाई विकास गर्ने भूमिका खेलेका फोटो पत्रकार उमेश पुनलाई दोसल्ला प्रमाणपत्र र २५ हजार रुपैयाँले सम्मान गरियो ।
फुटबलको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्व खेलाडी उत्तम गुरुङललाई स्कुटर र दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको छ । गत १५ गतेदेखि सुरु भएको प्रतियोगितमा १२ टिमको सहभागिता थियो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया