मेस्सीले साताैं पटक जिते गाेल्डेन बुट, बार्सिलाेनाकाे शानदार जित

एजेन्सी
बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्।
आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
उनले ३४ र ७५ औँ मिनेटमा गोल गरे । उनले यो सिजन ला लिगामा २५ गोल गरे, जुन दोस्रो स्थानमा रहेका च्याम्पियन रियल मड्रिडका करिम बेन्जिमाले गरेको भन्दा चार गोल बढी हो ।
ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेस्सीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो नाम लेखाए । उनले लगातार चौथो सिजन गोल्डेन बुट जितेका हुन् ।
मेस्सीले यो सिजन २१ गोलका लागि सहयोग गरे ।

ला लिगामा सिजनको सर्वाधिक गोलकर्ताले ३० भन्दा कम गोल गरेको पछिल्लो १२ वर्षमा पहिलो पटक हो । १२ वर्ष पहिले मार्लोकाका डानिएल गुइजाले ३० भन्दा कम गोल गरेर गोल्डेन बुट जितेका थिए ।
मेस्सीले कुल सातपटक ला लिगामा सर्वाधिक गोलकर्ताले पाउने पिचिचि अवार्ड जितेर तेल्मो जाराले ६ पटक जितेर बनाएको कीर्तिमान तोडेका हुन् ।
मेस्सीले सन् २००९–१० को सिजनमा ३४, २०११–१२ को सिजनमा ५०, २०१२–१३ को सिजनमा ४६, २०१६–१७ को सिजनमा ३७, २०१७–१८ को सिजनमा ३४ तथा २०१८–१९ को सिजनमा ३६ गोल गरेका थिए ।
गोल्डेन बुट जिते पनि मेस्सीलाई ला लिगा जित्न नपाएको पीडा छ।
उनले खेलपछि गोल्डेन बुटबारे सोधिएको प्रश्नको जवाफमा भनेका छन्, ‘पिचिचि अवार्ड ? मेरा लागि यो भन्दा पनि लिगको उपाधि प्रमुख थियो । गएको वर्षजस्तै ला लिगा जित्न पाएको भए धेरै खुशी हुने थिएँ ।’
यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको हो।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया