अन्तराष्ट्रिय उडान नहुँदा सन्दिपको सिपिएल अन्यौलमा

एजेन्सी
नेपाली क्रिकेट स्टार सन्दिप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न पाउने नपाउने अनिश्चित भएको छ । उनी सोे लिगका जिम्मेबार खेलाडी हुन् तर कोरोना भाइरसका कारण अन्तराष्ट्रिय उडान नहुँदा उनी जान सकेका छैनन् ।
सन्दीप सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ। यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन।
हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताएका छन् ।
सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ।
सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो ।
सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर ९रु एक करोड ५६ लाख० मा अनुबन्ध गरेको हो।
उनी उक्त टिमको मार्की खेलाडी हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्।
सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्।
सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए।
यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया