२८ करोडको सुन्तला बिक्री

राजन उपाध्याय, दुलेगौंडा
तनहुँमा यस वर्ष २७ करोड ७५ लाख रुपैयाँको सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष केही प्रतिशत वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष ६ हजार ९ सय ३८ मेट्रिक टन सुन्तला बिक्री केन्द्रले जानकारी दिएको छ । किसानले बगानबाटै प्रतिकिलो औसत ४० रुपैयाँका दरले सुन्तला बिक्री गरेका छन् ।
गत वर्ष ६ हजार ५ सय ४६ मेट्रिक टन सुन्तला बिक्री भएको थियो । गत वर्ष करिब २६ करोड ६५ लाख रुपैयाँको विक्रि भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले जानकारी दिए । हाल जिल्लामा १ हजार ४ सय ७७ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगान फैलिएकोमा १ हजार २८ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको छ । गत वर्षको तुलनामा यो वर्ष ६ प्रतिशतले उत्पादन बढेको पौडेलले उल्लेख गरे । उचित मौसम, वातावरण, रोक कीरा नियन्त्रण र समयमै गोडमेल भएका कारण उत्पादनमा वृद्धि भएको हो ।
आँबुखैरेनी, बन्दिपुर, जामुने, पुर्कोट, देउराली, वैदी, छिपछिपे, नाम्सीकोट, भानुमति, तनहुँसुर, बेनीकोट सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । यहाँ उत्पादित सुन्तला अधिकांश पोखरा र काठमाडौंमा बिक्री हुने गरेको छ । बगैचामा सुन्तला सकिएसँगै कृषक गोडमेलमा व्यस्त छन् । सुन्तलालाई जेठमा औषधी उपचार र साउनमा पुनः गोडमेल गर्नुपर्ने हुन्छ ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया