मास्क नलगाउने ७२ जना लाई जरिवाना

रासस, दमाैली ।
मास्क प्रयोग नगरी हिँडडुल गर्ने ७२ जनालाई प्रहरीले बिहीबार जरिवाना गरेको छ ।
कोभिड–१९ को जोखिम कायमै रहेकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पटक–पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
मास्क प्रयोग नगरी पैदल हिँड्ने र सवारी चलाउनेलाई कारवाही गरेर प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रहरीले बुधबार पनि १०० जनालाई मास्क प्रयोग नगरेवापत जरिवाना गराएको थियो । “जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो”, उहाँले भन्नुभयो, “तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौँ ।”
उहाँका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसका बारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया