प्रदेश र जिल्लालाई क्यानकाे न्यून बजेट

काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश र जिल्ला संघलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो ।
हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई १ लाखका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए । क्यानले २९ जिल्लालाई भने ५० हजारका दरले बजेट उपलब्ध गराएको छ । ‘बाँकी १० जिल्लालाई पनि रकम उपलब्ध गराउँछौं,’ उनले भने ।
जिल्लास्तरमा क्रिकेटको विकासका लागि बजेट उपलब्ध गराइएको हो । यसअघि क्यानले जिल्लालाई प्रतियोगिता सञ्चालन गर्नका लागि १० हजार सहयोग गर्दै आएको थियो । क्यानले कार्यालय सञ्चालन तथा प्रतियोगिता आयोजना गर्न जिल्लालाई १ लाख तथा प्रदेशलाई ३ लाखका दरले बजेट उपलब्ध गराउने योजना बनाएको छ ।
हाललाई मुलुकका सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत मात्र क्यानमा आबद्ध छ । क्यानले प्रदेश र जिल्लालाई गरी २० लाख ५० हजार निकासा गरेको सिंहले बताए । रासस









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया