भलिबल उपाधि विरुवालाई

समाधान संवाददाता
वालिङ महोत्सवमा जारी खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि विरुवा ७ ले हात पारेको छ । विरुवा ७ र वालिङ ४ बीच भएको फाइनल खेलमा ३–२ को खेल अन्तरले विरुवा ७ विजयी भएको हो । विहादी गाउँपालिका ५ ले भीरकोट नगरपालिका ८ लाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडि वालिङ ४ का दीपेन्द्र श्रेष्ठ भए भने वालिङ ४ कै रोशन गुरुङ बेस्ट ब्लकर घोषित भए ।
विरुवा ७ का बेस्ट सर्भर विजय थापा, बेस्ट डिफेन्स जीतबहादुर गुरुङ, बेस्ट सेटर गौरव गुरुङ र बेस्ट स्पाइकर राजकुमार निरौला घोषित भएको भलिबल प्रतियोगिताका संयोजक एलबि ज्वारचनले जानकारी दिए । प्रतियोगितामा प्रथमले १ लाख १ हजार, दोस्रोले ६० हजार ६ सय, तेस्रोले ३५ हजार ५ सय र सान्तवनाले २० हजार २ सय रुपैयाँ हात पारेको आर्थिक उपसमिति संयोजक मधुसुदन आचार्यले जानकारी दिए ।








मनोहर कप ३० गतेबाट
सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया