लक्ष्मी आर्दशको भवन शिलान्यास

समाधान संवाददाता
लेखनाथ
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले देशको विकास र सम्मृद्धिका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् ।
सोमबार पोखरा–२७ स्थित लक्ष्मी आर्दश माविमा ४ कोठे पक्की भवनको शिलान्यास कार्यक्रममा बोल्दै क्षेत्रीले बाटो बनाउने, सिचाईको कुलो बनाउने, खानेपानीको व्यवस्था गर्नुमात्र विकास नभइ सामाजिक, मानवीय, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्न सके मात्र देशले विकासको क्षेत्रमा फड्को मार्ने बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कास्कीको आर्थिक वर्ष २०६७÷०७७ मा विनियोजित योजना अन्र्तगत ४ कोठे भवनको लागत करिब ७४ लाख रहेको र मंसिरभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको जिल्ला समन्वय समितिका वरिष्ठ इन्जिनियर प्रभात लामिछानेले जानकारी दिए ।
कार्यक्रममा शिक्षा कास्कीका प्रमुख लालप्रसाद पोखरेलले शिक्षाको माध्यमबाट विकास निर्माणका कार्यहरु अगाडि बताउँदै विद्यालयलाई ६० वटा फर्निचर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष शिवमोहन अधिकारी, वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङ लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समित अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रध्यानाध्यापक रवीन्द्रनाथ भट्टराईले र कार्यक्रमको सञ्चालन शिक्षक हेमराज आचार्यले गरेका थिए ।









कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा
आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया