सेयर बजार निषेधाज्ञामा पनि खुल्ने

काठमाडौं
काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरे पनि शेयर बजार भने खुला हुने भएको छ।
यसअघि नेपाल सरकारले ४ महिनासम्म लकडाउन गर्दा शेयर बजार पूर्ण रुपमा बन्द भएकोमा यस पटक भने खुला रहने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए।
धितोपत्र बोर्ड, नेप्से, ब्रोकर कार्यालय, सिडिएसीलगायका संस्थाहरुमा न्यूनतम कर्मचारी राखेर शेयर बजार सुचारू गरिने उनले बताए। लगानीकर्ताहरुले पूर्ण रुपमा अनलाइन कारोबार गर्नसक्ने भएकाले बजार बन्द नहुने उनको तर्क छ।
कारोबार राफसाफपछि पैसाको कारोबारका लागि एसिएचएलमार्फत् अनलाइन भुक्तानी गर्न मिल्ने व्यवस्था गरेसँगै अहिले पूर्णरुपमा अनलाइन कारोबार हुने गिरीले बताए। अधिकांश लगानीकर्ताले अनलाइनमार्फत् कारोबार गर्न सक्ने अवस्था रहेकाले बजार खुला हुने नियामकले जनाएको छ।
नेप्सेको पछिल्लो तथ्याङ्कअनुसार अनलाइन प्रयोगकर्ता ४७ हजार नाघेका छन्। तर दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या भने १३ लाख बढी छ।
प्राथमिक शेयर निष्काशन पनि बन्द हुने छैन। बुधबारदेखि लिवर्टी इनर्जीले प्राथमिक शेयर निष्काशन गरेको छ। बिहीबारदेखि रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले प्राथमिक शेयर निष्काशन गर्दैछन्। उनीहरूको प्राथमिक सेयर निष्काशन नरोकिने गिरीले जानकारी दिए।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया