शिक्षक

—कथा—
उमेशप्रसाद रेग्मी
आज लामो समयपछि विद्यालयबाट फोन आयो उसलाई । सोच्यो अब तलब पाइने छ । सधै झैं बिहान उठेर उसले दाह्री काट्यो, आफूले लागाउने कपडामा आइरन लगायो र खाना खाएर निस्कियो । उसलाई त कसैले केहि भन्नु नपर्ने अनि उदाहरणीय शिक्षकको रुपमा सबैले चिन्थे ।
घरमा आफ्नो परिवारलाई पनि भन्यो । आज म विद्यालय जानु छ । उसको हातमा विगत छ सात महिनादेखि तलब परेको थिएन । एक प्रकारले त ऊ मानसिक रोगी जस्तै भइसकेको थियो ।
आज उसलाई पछुतो छ सरकारी जागिर नखानु, क्षमता हुँदाहुँदै पनि यही देशमा बस्नुपर्छ भन्ने भावना विकास हुनु, काममा समर्पित हुनु, अनि चाँडै अरुलाई विश्वास गर्नु ।
लकडाउन भएदेखि ऊ घर बाहिर गएको थिएन । विद्यालयको नतिजा प्रकाशन गर्नु पर्ने भएकाले आफ्नो गाँउ पनि जान सकेन । गाँउ पनि कसरी जाओस् । को नै थियो र उसको गाँउमा आफ्नो । आफ्ना जहान केटाकेटीलाई पनि पठाउने आट गर्न सकेन । नजिक थिएन जान पनि उसको गाउँ ।
गाउँबाट प्रथम श्रेणीमा एसएलसी पास गरेर पढ्न सहर आएको थियो ऊ । ऊ सँगसँगै उसका सपना पनि आएको थियो सहरमा । सिंगो गाँउमा प्रथम श्रेणीमा पास हुने ऊ मात्र थिायो । गाँउमा उच्च शिक्षाका लागि पढ्ने अवसर नहुँदा ऊ जस्तै कतिले पढाइ छाडे, कतिपयले घरजम गरी बसे । कतिपय भारतमा पैसा कमाउनका लागि गए । तर उसका बाबुले छोरालाई जसरी पनि पढाउने सपना बोकेका हुनाले सहर आउने अवसर प्राप्त गर्यो उसले ।
आफू र आफ्नो अनि सिंगो गाउँको सपना बोकेर सहर झर्दै गर्दा उसका आँखाबाट दुख र सुख अनि कौतुहलताको आँसु झरेको थियो । जति जति ऊ गाउँलाई छाड्दै थियो त्यति त्यति मनमा अनेक प्रश्न उब्जदै थिए ।
सहर जानुभन्दा अघिल्लो दिन उसले आफ्नी सरितालाई भेटेको थियो । आफूसँगै पढेर एस एल सी उतीर्ण गर्न नसक्दाभन्दा मैले गाँउ छोड्ने खबरले भक्कानिएकी थिइन् सरिता । त्यो साँझ उनीहरुले एक अर्कालाई नबिर्सने वाचा गरेका थिए ।
सहर जानका लागि ऊ जति जति ओरालो लाग्थ्यो सरिता त्यति त्यति तल ओर्लदै विदाइको हात हल्लाउँदै हुन्थिन् । उसले पनि डाडाले नछेकुन्जेल सरितालाई हेर्दै हेर्दै गयो । करिब एक बिहानको हिडाइ पछि उसले बस चढेर सहर आएको थियो । त्यो दिन जति अविरल पानी कहिल्यै परेको उसलाई थाहा थिएन ।
परिवारको एकमात्र सन्तान सहर जाँदा बा आमामा पनि चिन्ताभन्दा छोराको उन्नति प्रगति होला र बुढेसकालमा आफ्नो सहारा हुन्छ भन्ने । त्यसैले उनीहरुमा चिन्ता भन्दा पनि उत्तासह थियो । छोरो सफल हुनु भनेको गाँउ नै सफल हुन्छ, सबैले चिन्छन् भन्ने नै हो । सहरमा आफूले चिनेको टाढाको नाता पर्ने दाजुको घरमा केही समय बस्ने खाने व्यवस्था मिलाइदिएका थिए ।
विनय पनि सहर पुग्यो । बुवाले भनेको ठाउँमा केही महिनाको बसाई पछि विनयले आफ्नो बस्ने व्यवस्था पनि मिलायो । अनि पढ्नका लागि कलेज पनि । मेहनति विनय पढाइमा तेज भएका कारण उसले छात्रवृत्तिमा कलेज पढ्यो । कलेज पढ्दा ऊ अब्बल भएर आइएससीको अध्ययन सक्यो । उसले आफ्नो तन, मन सबै पढाइमा लगायो ।
जब उसले बिएस्सीको अध्यन सुरु भयो तब उसका दुखका दिन सुरु भयो । घरबाट पैसा आउन छाड्यो । आफैले कमाएर परिवार पाल्नुपर्ने अवस्था सिर्जना भयो । बुवा अचानक बिरामी हुन थाल्नुभयो । बुवा झन्झन् विरामी भएको खबर आउन थाल्यो । घर छोडेर आए पछि घर गएको थिएन विनय पनि । बुवाको अवस्था झन् झन् खराब भएका कारण सहर छोडेर विनय गाउँ जाने निर्णयो गर्यो । आफूले अलि अलि कमाएको पैसा बोकेर गाउँ गायो विनय ।
गाउँ पुग्दा बुवा आमाको अवस्था देखेर रुन मन लाग्यो । भने भन्दा धेरै नाजुक अवस्था भै सकेको रहेछ बुवा अमामको । सरिताले पढाइ छोडेर बसिछिन् । आफ्नो घरको काम भ्याएर विनयको बुवा अमाको हेरचाह पनि गर्दिरहिछिन सरिता । सरिता प्रति नतमस्तक भयो विनय । विनयलाई पढाउनका लागि उसका बाबुले भएका जग्गा जमिन बेच्दै पैसा पठाउदै गरेका रहेछन् । आज आफू विरामी हुँदा उपचार गर्ने पैसा पनि भएन र विनयलाई बोलाइएको रहेछ ।
विनय गाउँ गएको केही समयमा उसको बाबु, आमाको निधन पनि भयो । उसलाई असैह्य भयो । के गर्ने ?कसो गर्ने ? उसले सोच्न सकेन । केही समय आफ्नो गाउँ बसेर सरितालाई लिएर पुन सहर पस्यो । विनय जुन सपाना बोकेर सहर आएको थियो ती सपना चक्नाचुर भै सकेका थिए । सहर आएपछि कसरी अगाडि बढ्ने उसले केही सोच्न सकेन । पहिला पहिला त एक्लै ऊ फर्कदा आफूसँगै सरितालाई पनि लिएर आएको थियो । साथमा उसका एक छोरा र एक छोरी पनि साथमा थिए । उनीहरुलाई उतै छोडेर आउन सकेन ।
सहर आएर बसेको केही समय त उसलाई अन्योल भयो । उसले आफ्नो पढाइ सकेको थिएन । उसले फेरि पढाइ सुरु गर्यो । पढाइ सँगसँगै पढाउने काम पनि गर्न थाल्यो । टिउसन पनि पढाउन थाल्यो । राम्रैसँग चल्दै थियो घर । अचानक महामारीको रुपाम कोरोना देखा पर्यो ।
आफूसँग भएको केही पैसा पनि सकिइसकेको थियो उसको । आम्दानीको स्रोत पनि उसको त्यहि विद्यालयले दिने तलब र ट्युसनको पैसा मात्र थियो । चैतभन्दा अगाडिबाटै सकिएको थियो ट्युसन । फि नउठेको बहानामा फागुन देखिको तलब पनि आएको थिएन । चैतबाट लकडाउन भयो त्यसपछि त सबै कुरा ठप्प भयो । साथीभाइसँग सापटी मागेर पनि चलायो ।
विनय दंग पर्दै विद्यालय गयो । ठूलो उत्साह वोकेर विद्यालय गयो । प्रअले बोलाउँदै फागुन महिनाको तलब हातमा दिँदै अब विद्यालयले तपाईंहरुलाई पाल्न सक्दैन । अवस्था नाजुक छ । यो सुनेर विनयको मन खिन्न भयो । ऊ अवाक भएर फर्कियो । उसका सारा सपना सिसा झै चक्नाचुर भयो । उसले त वर्तमान देख्यो, न त भविष्य नै । आज उसलाई पछुतो छ सरकारी जागिर नखानु, क्षमता हुँदाहुँदै पनि यही देशमा बस्नुपर्छ भन्ने भावना विकास हुनु, काममा समर्पित हुनु, अनि चाँडै अरुलाई विश्वास गर्नु । यी र यस्तै कुरा सोच्दै आफ्नो कोठामा फर्कियो ।
हजारौँको भविष्य उज्ज्वल बनाउँदै गरेको एक शिक्षक आज आफ्नो जीवन नारकीय भएकोमा उसलाई चिन्ता थिएन । फेरि सबै ठिक हुने छ भन्ने आशाामा बसेको छ ।
हालः पोखरा









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया