गण्डकीमा २० जना काेराेना संक्रमित थपिए, २१५७ पुगे

समाधान संवाददाता २०७७ भदौ १५ गते १४:४७

समाधान संवाददाता, पाेखरा

गण्डकी प्रदेशमा साेमबार दिउँसाे २ बजेसम्ममा २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले साेमबार बिहान र दिउँसाे गरेर २ पटक प्रेस विज्ञप्ति जारी गर्दै २० जना थपिएका संक्रमितकाे ठेगाना र विवरण सार्वजनिक गरेकाे छ ।

Advertisement

लमजुङका ९, गोरखाका ४, नवलपुरका ३, कास्कीका ३ र तनहुँका १ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा १२ पुरुष र ८ जना महिला छन् ।

आज थपिएकासहित गण्डकीमा कोरोना संक्रमितको संख्या २१ सय ५७ पुगेको छ । तीमध्ये १६ सय ९३ जना निको भएका छन् भने १३ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया