कास्की र नवलपुरका ११ जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ भदौ २३ गते १०:३८

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरका ६ र कास्कीका ५ जनामा मंगलबार बिहान पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या २६ सय १२ पुगेको छ । तीमध्ये १७ सय ९७ जना निको भएका छन् ।
काठमाडौंमा मृत्यु भएकी कास्कीको अन्नपूर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलालाई समेत संक्रमितको संख्यामा जोडिएको निर्देशक शर्माले बताए ।
ती महिलाको काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको हो । ब्रेन ट्युमर र मृगौलाको समस्या भएकी उनमा १९ भदौमा कोरोना पुष्टि भएको थियो ।
कास्कीका ६, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २र२, म्याग्दी, लमजुङ र बागलुङका १र१ संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया