भीमकाय शरीरका राेली नेपालमा

समाधान संवादाता, काठमाडाैं
नेपाली खेलकुदमा पहिलो पल्ट आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ का लागि विश्व बडिबिल्डिङका हस्ति रोली विङ्कलार बिहिबार नेपाल आएका छन्।
इतिहाद एयरलाइन्सबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार दिउँसो रोलीलाई नेपाली पूर्व बडी बिल्डर तथा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरे। विंक्लालारलाई विमानस्थलमा खादासहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो।
रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन्। उनको हातको पाखुरा मात्र २४ इन्ची, छाति ६० र खुट्टाको पाखुरा ४८ इन्चीको छ । सोशल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन् ।
रोली यो वर्ष पहिलो पल्ट नेपालमा देखा पर्न लागेका हुन्। उनी वर्षमा १–२ पल्ट मात्र प्रतियोगिताको अवसरमा सार्वजनिक रुपमा देखा पर्छन् । नेपालमा उनी आइएफबिबि प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’ मा ‘गेष्ट पोजर’ को रुपमा देखा पर्न लागेका हुन् ।
प्रतियोगितामा सहभागिता जनाउन विश्वका १५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको तर कति राष्ट्रका खेलाडी आउने भन्ने टुँगो फागुन ३ गते लाग्ने भएको छ।
नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’ मा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन फिजिक’ गरि ४ वटा प्रो कार्डका लागि प्रतिस्पर्धा हुँदैछ । प्रो कार्ड पाउने ४ खेलाडीले अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन पाउने छन् ।
फागुन ४ गते कमलादीस्थित ‘एकेडेमी हल’ मा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आइएफबिबि लिग नेपालले जानकारी पनि दियो।
प्रतियोगितामा सहभागी हुने खेलाडीबीच फागुन २ गते सेमिनार हुने र ३ गते खेलाडीको उचाई र तौल नापिने पनि जानकारी दिइयो। फागुन ४ गते नै बिहान ८ बजेदेखि प्रि–जजिङ सुरु हुनेछ भने २ बजेदेखि फाइनल खेल सुरु हुनेछ।
फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्नेछन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया