आबुधावीमा आइपीएल सुरु, उद्घाटन खेलमा चेन्नई विजयी

एजेन्सी
भारतकाे सर्बाधिक लाेकप्रिय प्रतियाेगिता इण्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटकाे १३औँ सस्करण युएईकाे आबुधावीमा सुरु भएकाे छ । उद्घाटन खेलमा साविककाे उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ।
अबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्यिन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो।
मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्याे ।
चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ४८ बलमा ६ चौका र ३ छक्काकाे मद्धतले ७१ रन बनाउँदै चेन्नईको जित सहज पारे।
यस्तै फाप डुप्लेसिसले अविजित रहँदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। खेलमा उनले ४४ बलको सामना गरेर ५५ रन बनाएका हुन्।
मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।
मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाएका थिए। चेन्नईका लुंगी एनजिडीले ३ रबिन्द्र जडेजा र दिपक चाहरले २–२ तथा साम करण र पियुस चावालाले १-१ विकेट लिएका थिए।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया