पृथ्वीनारायण क्याम्पसको नेपाली विभागमा अलग्गै पुस्तकालय

समाधान संवाददाता २०७७ असोज ४ गते १५:३०

पोखरा

पृथ्वीनारायण क्याम्पस नेपाली विभागलेविभागीय पुस्तकालय सञ्चालनका लागि किताब संकलन थालेको छ । विभागले त्यस सम्बन्धमा गृहकार्य समेत गरी करिब १ हजारभन्दा बढी पुस्तक पनि संकलन गरिसकेको छ ।

अहिलेसम्म ५५ श्रष्टाले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले जानकारी दिए । नेपालका विभिन्न स्थान, अमेरिका र बेलायतबाट समेत श्रष्टाले पुस्तक पठाएको उनले बताए ।

Advertisement

यही अभियान अन्तर्गत शनिबार प्राडा रविलाल अधिकारी, सह प्राडा बाबुराम अधिकारी तथा सह प्राध्यापक ईश्वरमणि अधिकारीले पुस्तक हस्तान्तरण गरेका छन्

यही साउन ८ गते यता आफू विभागीय प्रमुखको जिम्मेवारीमा आएपछि मासिक रुपमा गोष्ठी सञ्चालन गर्नुका साथै पुस्तकालय स्थापनाको अभियान थालेको न्यौपानेले बताए ।

Advertisement

पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्ष रुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने,नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्र्तक्रिया हुँदै जाने उनको भनाइ छ ।

विशेष गरी अनुसन्धान तहका विद्यार्थीलाई लक्ष्य गरी आफूहरुले पुस्तकालय स्थापना गरिरहेको विभागीय सदस्य समेत रहेका पुस्तकालय संयोजक उपप्राध्यापक निर्मल सापकोटाले बताए ।

विभागले संकलित पुस्तकलाई लेखक रपुस्तकको नाम तथा पुस्तक संख्या समेतको विवरण राखी व्यवस्थितगर्ने प्रयास समेत थालेको छ।जसमा अन्य विभागीय सदस्यको समेत साथ दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया