चेल्सीले दाेश्राे हाफमा ३ गाेल फर्कायाे
समाधान संवाददाता
२०७७ असोज ११ गते ६:५६

एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी बराबरीमा रोकिएको छ। सिजनको दोस्रो खेलमा चेल्सी वेष्ट ब्रोमसँग ३–३ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा वेष्ट ब्रोमले तीन गोल गर्यो । पछि परेको चेल्सीले दोस्रो हाफमा तीन गोल फर्काएको हो । वेष्ट ब्रोमका लागि चौथो र २५ औँ मिनेटमा गरी रोबिन्सनले दुई गोल गरे ।
यस्तै २७ औँ मिनेटमा बार्ट्लीले गोल गरे । दोस्रो हाफमा चेल्सीले गोल फर्कायो । उसका लागि माउन्टले ५५ औँ तथा हड्सन–ओडोइले ७० औँ मिनेटमा गोल गरे ।
यस्तै ट्यामी अब्राहमले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरी टिमलाई हारबाट जोगाए।
शनिबार राति नै भएको अर्को खेलमा साउथह्याम्पटनले बर्नलीलाई १–० ले पराजित गरेको छ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया