पोखरा जेसिजले बाँड्यो शैक्षिक र स्वास्थ्य सामग्री

समाधान संवाददाता, पोखरा
पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
अन्नपूर्ण गाउँपालिका १ लेवाडेस्थित फूलबारी स्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको हो ।
पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन ती सामग्री प्रदान गरिएको हो ।
सडकमा रहेका बालबालिकाको भविष्य अन्धकारमा नभई उज्यालो हुनुपर्दछ भन्ने सोचका साथ बालबालिकालाई सहयोग गरेको हो ।
पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको उद्धार गरी फूलबारी स्रोत केन्द्रमा राखिएको छ ।
केन्द्रले सडक बालबालिकाको उद्धार गरी स्नातकसम्म अध्ययनको लागि समेत सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे ।
सडकमा रहने बालबालिका मात्र नभई उनीहरुलाई पाउने कतिपय आमा समेत सडकमै रहने गरेको भन्दै कुँवरले त्यस्ता महिलाको समेत उद्धार गरी सीपमूलक तालिम दिएर जीविकोपार्जनको बाटो देखाउन आवश्यक रहेको बताए ।
‘गरिबका मात्र होइन धनीका छोराछोरी समेत विभिध कारणले सडकमा आउने गरेका रहेछन् । हामीले कोसिस गरे सम्भव रहेछ,’ कुँवरले भने ।
३२ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बालबालिकालाई राख्ने आवास गृह, तालिम हल समेत रहेको छ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा अन्नपूर्ण गाउँपालिकाको सहयोगमा सो क्षेत्रमा पुग्ने बाटोसहित किचन तथा आवस समेत निर्माण भएको स्रोतकेन्द्र प्रमुख रामचन्द्र शर्माले बताए ।
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मीनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, शैक्षिक सामग्री हस्तान्तरण संयोजक कपिल पौडेल, सहयोगदाता प्रीति मगर लगायतले आफ्नो भनाइ राखेका थिए । हाल स्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक वयस्क छन् ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया