डिफेन्डिङ च्याम्पियन रियलकाे कठिन जित
समाधान संवाददाता
२०७७ असोज १५ गते ७:१७

एजेन्सी
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित दर्ता गरेको छ।
लिगको तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको रियल मड्रिडले रियल भालाडोलिडलाई १–० ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ६५ औँ मिनेटमा विनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो ।
थप खेलाडीका रुपमा मैदान छिरेका जुनियरले गोल गरेर साबिक विजेता रियल मड्रिडलाई लिगमा सिजनको पहिलो घरेलु मैदानको खेलमा जित दिलाए ।
जितपछि गेटाफे, भ्यालेन्सिया र भिल्लारियलको जस्तै रियल मड्रिडको पनि सात अंक भएको छ।
बुधबार राति नै भएको खेलमा भिल्लारियलले एलाभेसलाई ३–१ तथा एल्चेले एइबरलाई १–० ले पराजित गर्दा एथ्लेटिको मड्रिड र हुयस्काले गोलरहित बराबरी खेलेका छन् ।
नाैट– फाइल तस्विर ।
सम्बन्धित
तपाईको प्रतिक्रिया