नाडालकाे अर्काे सहज जित, पुगे क्वाटर फाइनलमा

समाधान संवाददाता २०७७ असोज १८ गते १८:४९

एजेन्सी

कीर्तिमानी खेलाडी राफेल नाडाल फ्रेन्च ओपन ग्रान्डस्लामको क्वार्टरफाइनल पुगेका छन्। नाडालले आइतबार भएको खेलमा सेबास्टियन कोर्डालाई ६-१, ६-१ र ६-२ को सोझो सेटमा हराए।

नाडाल फ्रेन्च ओपनका सर्वाधिक विजेता हुन्। उनले हालसम्म १३ पटक यो प्रतियोगिता जितेका छन्। उनी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा रोजर फेडेररले बनाएको २० उपाधिको कीर्तिमान बराबरी गर्ने प्रयासमा छन्। फेडेररले यो वर्षको अस्ट्रेलियन ओपन खेलेपनि त्यसयता भने सहभागी छैनन्।

Advertisement

नाडालले हालसम्म १९ पटक एकल ग्रान्डस्लाम जितेका छन्। २० वर्षीय अमेरिकी खेलाडी कोर्डामाथि सुरुवातदेखि नै नाडाल हाबी बनेका थिए। नाडालले जारी संस्करणमा एक सेट पनि गुमाएका छैनन्।

Advertisement

तपाईको प्रतिक्रिया