भतिजी बलात्कार गर्ने काका पक्राउ, जन्मेको बच्चाको के होला ?

समाधान संवाददाता, पोखरा
सर्लाहीबाट २१ वर्षीय युवक गत मंसिरमा पोखरा आए । पोखरामा उनी दाइ नाता पर्नेकहाँ बास बसे ।
२ पुसमा घरका सबै सदस्य १४ वर्षीया छोरीलाई छोडेरकाममा बाहिर निस्किए ।
भतिजीले काकालाई सम्मानसाथ घरमा राखिन् । आफ्नै सम्झेर घरमा आतिथ्यता दिएका काकाले एकाएक उनलाई डरधम्की देखाए ।
राति साढे ९ बजे उनलाई ती काकाले बलात्कार प्रयास गरे । बालिकाले प्रतिकार गर्न खोजिन् तर सकिनन् ।
ती युवक केही दिन सोही घरमा बसेर गृह जिल्ला सर्लाही फर्किए । घटना गुपचुप नै रह्यो । पछि पीडित बालिकाको गर्भ बस्यो ।
२९ भदौमा परिवारका सदस्यले थाहा पाए । पेट दुख्यो भनेपछि घरका सदस्यले उनलाई पोखराकै अस्पताल लगे ।
अस्पतालमा उनले छोरा जन्माइन् । १४ वर्षीया छोरीले बच्चा पाएपछि उनका बुबा आमा आश्चर्यमा परे ।
त्यसपछि घरका सदस्यले सोधपुछ गर्दा काकाले आफूमाथि जबरजस्ती गरेको पीडित बालिकाले बताइन् ।
परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिए । जाहेरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढायो ।
आरोपित काकालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेको छ ।
उनलाई सोमबार पोखरा ल्याइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका युवकमाथि कास्की जिल्ला अदालतबाट हाडनाता करणी कसुर अन्तर्गत ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी हमालले बताए । आमा र शिशु दुवैजनालाई संरक्षण गृहमा राखिएको छ ।
फाइल फोटो









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया