नाडाल सेमिफाइनलमा, अर्काे खेलमा थेमकाे संघर्षपूर्ण हार

समाधान संवाददाता २०७७ असोज २१ गते ६:४९

एजेन्सी

रोजर फेडेररको ग्राण्ड सलाम उपाधिको कीर्तिमानमा बराबरी गर्ने राफायल नाडालको यात्रा जारी राख्दा अर्का दावेदार थेम भने प्रतियाेगिताबाट बाहिरिएका छन्।

स्पेनिस नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Advertisement

क्वाटरफाइनलमा जानिक सिनरसँगको खेलमा पुनरागमन गरी जित निकालेर नाडाल अन्तिम चारमा पुगेका हुन्। इटालियन खेलाडी जानिकले नाडाललाई पहिलो सेटमा पछि पारे । तर त्यसपछिका सेटमा पुनरागमन गरी स्पेनिस नाडालले जित निकालेका हुन् ।

३३ वर्षका नाडाल २० ग्राण्ड सलाम उपाधि जितेर फेडेररले बताएको कीर्तिमानमा बराबरी गर्ने होडमा छन् ।

Advertisement

नाडालले फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो श्वार्ट्जमनसँग प्रतिस्पर्धा गर्ने छन्। डोमिनिक थिएमलाई पराजित गरेर डिएगो अन्तिम चारमा आएका हुन् । नाडालले अहिलेसम्म १९ पटक ग्राण्ड सलाम उपाधि जितेका छन् ।

पाँच घण्टा लामो खेलमा थिएम डिएगो श्वार्ट्जमनसँग पराजित भएर बाहिरिएका हुन्। अस्ट्रियन थिएमले अघिल्लो चरणमा पाँच सेटको खेलमा हुगो गास्तोनलाई पराजित गरेका थिए ।

तर क्वाटरफाइनलमा भने पाँच सेटकै खेलमा अर्जेन्टिनी खेलाडी डिएगोसँग टिक्न सकेनन्। डिएगोले थिएमलाई ७–६ (७–१), ५–७, ६–७ (६–८), ७–६ (७–५) र ६–२ को सेटमा पराजित गरेका हुन् ।

थिएमले खेलमा आफूले शारीरिक रुपमा आफ्नो सीमा भन्दा बाहिर गएर खेलेको बताएका छन् । उनले भनेका छन्, ‘मैले अन्तिममा मेरो सम्पूर्ण दिएको थिएँ ।’

जीवनको पहिलो ग्राण्ड सलाम उपाधि जितेको दुई हप्तापछि नै फ्रेन्च ओपनमा थिएमले आफ्नो खेल सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया