चरक र टेलिकमका कर्मचारी सहित पोखरामा थपिए २१ संक्रमित

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा २१ जनामा संक्रमण देखिएको हो ।
आज थपिएका संक्रमितमध्ये २ जना चरक मेमोरियल अस्पतालका कर्मचारी हुन् ।
चरकमा कार्यरत पोखरा ८ का ६७ र ५० वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
साथै नेपाल टेलिकम, पोखरा शाखामा कार्यरत पोखरा १६ की ३३ वर्षीया महिला कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
आज कोरोना देखिनेमा पोखरा १४, ४, १५, १, ३२, १७ का ७ जना संक्रमित भारतबाट आएर क्वारेन्टिनमा रहेका थिए ।
पोखरा ८, २०, ५, २२, १६, ३०, १०, ९ का संक्रमित भने कन्ट्याक्ट ट्रेसिङबाट फेला परेका हुन् ।
आज नै बाग्लुङमा ३६ र लमजुङमा ५ संक्रमित फेला परेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७५३ पुगेको छ ।









कालिका बहुमुखी क्याम्पस ३५ वर्षमा
आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया