जाेकाेभिचलाई सजिलै हराए नाडालले, बनाए नयाँ किर्तिमान

एजेन्सी ।
स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् ।
क्ले कोर्टका बादशाह नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६-०, ६-२ र ७-५ को सेटमा हराए । तेश्राे सेटमा खेलमा फर्कने गरी खेल्न सकेका जाेकाेभिच अघिल्ला २ सेटमा निरीह बनेका थिए ।
दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । पहिलाे वरियताका जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् ।
नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए ।
३४ वर्षीय नाडालको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।
यससँगै नाडालले स्विस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया