गाँजासहित रामबजार बस्ने प्रकाश पक्राउ
समाधान संवाददाता
२०७७ असोज २९ गते १२:५७

समाधान संवाददाता, पोखरा
पोखरामा लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।
अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका २० वर्षे प्रकाश विक बुधबार पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रकाश रामबजार बस्दै आएका छन् ।
इलाका प्रहरी कार्यालय, बगरबाट खटिएको टोलीले उनलाई राति साढे १ बजे नदिपुरबाट पक्राउ गरेको हो ।
उनको साथबाट ६ सय ५० ग्राम गाँजा फेला परेको थियो ।
उनलाई प्रहरीले निलो प्लास्टिकमा गाँजा हालेर बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ विपरीतको कसूर अन्तर्गत १८ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया