कमालका क्रिस गेल, पञ्जावले हरायाे आरसिबीलाई

एजेन्सी
विष्फाेटक ब्याट्सम्यान क्रिस गेललाई याे सिजनमा पहिलाे पटक खेलाएकाे किङ्स इलेवेन पञ्जावले हारकाे श्रृङ्खला ताेडेकाे छ । ढिलाे सुरुवात गरेपनि गेलले अपेक्षाा अनुसार नै प्रदर्शन गरेर टिमलाई विजयकाे ढाेकासम्म पुर्याए ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत युएईको शारजाह क्रिकेट स्टेडियममा बिहीबार राति खेलिएको खेलमा किङ्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हाे ।
जितका लागि प्राप्त १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै हालिस गरेको हो। केएल राहुल र क्रिस गेलको आक्रामक ब्याटिङका सामु बैंगलोरका बलरहरु निरिह भएका थिए।
यो जितका साथ पञ्जाबले लगातार हारको सिलसिला पनि तोडेको छ। यो खेलसँगै पञ्जाबको अंक बढेर ४ भएको छ, तर पञ्जाब अझै अंक तालिकाको पुछारमा छ।
हारका बाबदुद पनि बैंगलोर भने अंक तालिकामा तेस्रो स्थानमा कायम छ।
पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले। राहुलले ४९ बलमा अविजित रहँदै ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रनको योगदान दिए। यस्तै मायांक अग्रवालले ४५ रन बनाए ।
बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया