मुम्बई ईण्डियन सजिलै फाइनलमा

एजेन्सी ।
बुमराह र बाेल्टले घातक बलिङ गरेपछि दिल्ली क्यापिटललाई सजिलै पराजित गर्दै मुम्बई इण्डियन दुवहीमा जारी इण्डियन प्रिमियम लिगकाे फाइनलमा प्रवेश गरेकाे छ ।
दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । दुई ओभर भित्रै बिना रन ३ विकेट गुमाएको दिल्लीको इनिङ्स स्टोनिसले उकासेका थिए ।
यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन मात्र जोडे । कागिसो राबडा १५ रनमा अविजित रहे ।
पृथ्वी श, शिखर धवन, अजिन्का रहाने र डानिल साम खाता नखोल्दै आउट भए ।
दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । किसनले अविजित रहदै ५५ रन जोड यादवले ५१ रन बनाए ।
यस्तै क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयले अन्तिममा आएर विष्फाेटक ब्याटिङ गर्दै ३७ रनमा अविजित रहे ।
कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन जोडे ।
दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १/१ विकेट लिए ।
यस जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई भेटमा समेत मुम्बईले दिल्लीलाई हराएको थियो ।
साविक विजेता समेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।
दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।
अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।
इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । बैंगलोर र हैदराबादबीचको खेल आज राती हुँदैछ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया