मुम्बई कि दिल्ली, आज आईपीएलकाे फाईनल

एजेन्सी ।
विश्वभरका क्रिकेटप्रेमीहरुकाे एउटै प्रतिक्षा छ, के यस पटक आईपीएलले नयाँ च्याम्पियन पाउला । आज राती हुने फानल सबै भन्दा सफल टिम मुम्बई इण्डियन र पहिलाे पटक फाइनलमा पुगेकाे दिल्ली क्यापिटलबीच हुँदैछ ।
मुम्बई र दिल्लीबीचको फाइनल खेल दुबईमा हुनेछ । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले मुम्बई र दिल्लीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आईपीएलकै सर्वाधिक सफल टिम हो । मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ ।
दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ ।
तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्लीको इतिहास भने मुम्बईको ठिक विपरित रहेको छ ।
दिल्लीले आईपीएलको उपाधि जित्न सकेको छैन । दिल्ली आईपीएलकै इतिहासमा पहिलो पटक फाइनल समेत पुगेको हो ।
त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ ।
बलियो मुम्बईविरुद्ध जित निकाल्न दिल्लीलाई सहज भने छैन । तर, दिल्ली अघिल्ला तीन खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
लिग चरणको पहिलो खेल मुम्बईले दिल्लीमाथि ५ र दोस्रो खेल ९ विकेटको जित निकालेको थियो । यस्तै पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो ।
पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुन: मुम्बईसँगको भेट पक्का गरेको हो ।
दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराएको थियो ।
दिल्लीबाट लगातार तेस्रो सिजन आईपीएल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले फाइनलमा खेल्न पाउने सम्भावना निकै कम रहेको छ ।
यस वर्ष सन्दीपले मैदान उत्रने मौका पाएका छैनन् । उनी बेन्चमै सिमित हुँदै आइरहेका छन् ।
सम्भावित टिम :
मुम्बई – रोहित शर्मा, क्विन्टन डी कक,सूर्यकुमार यादब, इशान किशन, हार्दिक पाण्डय, केइरन पोलार्ड, कुर्नाल पाण्डय,नाथन कल्टर, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह
दिल्ली – शिखर धवन, मार्कुस स्टोनिस, अजिन्का रहाने, श्रेयस आयर, शिम्रन हिटमायर, ऋषब पन्त, अक्षर पटेल, प्रविन डुबे, कागिसो राबडा, रविचन्द्र आश्विन, एनरिच नोर्टजे







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया