निर्माणाधिन आयोजनाको निरिक्षण

समाधान संवाददाता २०७७ कार्तिक २९ गते ५:४८

समाधान संवाददाता, स्याङ्जा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विकास निर्माणका आयोजनाहरुको निरिक्षण गरेकी छन् ।

मन्त्री अर्यालले भिरकोट, वालिङ र चापाकोटका निर्माणाधिन आयोजनाहरुको शुक्रबार निरिक्षण गरेकी हुन् ।

Advertisement

वालिङ, सुर्कौदी, अमलेहुँदै स्वरेक मैदान जाने सडकको निरिक्षण गर्दै मन्त्री अर्यालले कालोपत्रे निर्माण कार्य भइरहेको सडकको पहिलो चरणमा ५ किलोमिटर बन्ने बताइन् ।

उनले बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको योजना रहेको उल्लेख गरिन् । मन्त्री अर्यालले स्वरेक मैदानसम्म सडक कालोपत्रे गरेपछि पर्यटन प्रवर्दनमा सहयोग पुग्ने बताइन् ।

Advertisement

उनले वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने जनाइन् । त्यहाँका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पु¥याउन छिट्टै योजना ल्याउने उनले उल्लेख गरिन् ।

मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधिन विकास आयोजनाहरुको समेत निरिक्षण गरेकी छिन् ।

उनले चापाकोटको भ्युटावर, बसपार्क, सिटिहल, वहुप्राविधिक शिक्षालयको अवलोकन गरेकी छन् । मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गरेकी छन् ।

कर्मचारीहरुलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयतहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गर्ने जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया