फङ्कीलाई फुटसल उपाधि

समाधान संवाददाता, पोखरा
पोखरा सिर्जनाचोकको फङ्की युनाइटेड क्लबले ८० केजी तौल समूहको कास्की जिल्लास्तरिय खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
लेकसाइड युथ क्लबको आयोजनामा लेकसाइड फुटसल एरिनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा भ्याली स्पोर्ट्स रामबजारलाई ४–३ गोलले पराजित गर्दै फङ्की युनाइटेडले उपाधि जितेको हो ।
उपाधिसँगै फङ्कीले २० केजीको भेँडा र प्रमाणपत्र हात पारेको छ । उपविजेता भ्याली स्पोर्ट्स क्लब रामबजारले १७ केजीको भेँडा र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटी केन्द्रीय उपाध्यक्ष विनोद गुरुङले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरे ।
सेमिफाइनलमा फङ्की युनाइटेडले आयोजक लेकसाइड एफसीलाई ५–० ले र भ्याली स्पोर्ट्स क्लबले केइआइसीलाई ४–२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।
उमेर समूहका आधारमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियागितामा १० टिमको सहभागिता थियो ।
‘कोरोनासँग लडौं, स्वास्थ्य सुरक्षा अपनाऔं’ भन्ने मूल नारासहित कोरोना महामारीको बेला लामो समय शून्य बनेको खेलकुद क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया