पोखरा महानगरमा अत्यावश्यक बाहेकका सेवा १ हप्ता बन्द, शुक्रबार सार्वजनिक बिदा

समाधान संवाददाता २०७७ मंसिर ४ गते २०:०५

समाधान संवाददाता, पाेखरा

Advertisement

पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु एक हप्ताका लागि बन्द गरिएका छन् ।

विहीबार बसेको कार्यपालिका बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । महानगर पालिकाका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेका अन्य सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।

बरालका अनुसार शुक्रबार छठ पर्व परेकाले सार्बजनिक विदा नै दिइएको छ । आइतबारबाट सिमित कर्मचारी कर्मचारीमात्र कार्यालयमा उपस्थित भएर अत्यावश्यक सेवा प्रवाह गर्नेछन् ।

अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण विदामा भएको जानकारी दिदै बरालले सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बोर्ड बैठक बसेको हो । कोरोना संक्रमित भएका कारण उपप्रमुख मन्जुदेवी गुरुङले बैठकमा सहभागी भएकी थिइनन् ।

तपाईको प्रतिक्रिया