सांसद दीपक मनाङेकी श्रीमती पक्राउ

समाधान संवाददाता
गण्डकी प्रदेश सभाका सदस्य सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेन लामालाई प्रहरीले हेटौंडामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जनाएका छन् ।
उनलाई कास्की ल्याइसकिएको छ । उनी लामो समयदेखि हेटौंडा–१२ मा रहेको माइतीमा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए ।
‘कसकी श्रीमती हुनुहुन्छ भन्ने त बुझिएकै छैन, वयान लिएपछि मात्रै थाहा होला,’ उनले भने । हमालका अनुसार लामालाई डाकाचाेरी मुद्दामा थुनामा राख्ने अनुमति अदालतबाट लिइएको हो ।
सांसद मनाङेले भने आफ्नी श्रीमती बदमास भएको प्रतिक्रिया दिएका छन् । ‘ऊ बदमास हो,’ उनले भने, ‘मैले नै प्रहरीलाई भनेर पक्रन लगाएको हो ।’
डेढ महिनादेखि हराइरहेको र पछि माइती हेटौंडाको पदमपोखरी बसेकी छन् भन्ने पत्ता लगाएर आफूले नै प्रहरीलाई खबर गरी पक्रन भनेको उनले सुनाए ।
‘मेरो श्रीमती हो भनेर उम्कन दिनुहुन्न,’ सांसद गुरुङले भने, ‘बदमासी गर्नेलाई सख्त कारबाही गर्नुपर्छ, नेताको श्रीमती हो, छोराछोरी हो, आफन्त हो भनेर कसैलाई पनि छोड्न हुन्न ।’
लामालाई पोखरा १० रक्षामार्गका एकजनाकहाँबाट बहुमूल्य धातु डाँकाचोरी गरेको आरोप छ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया