मुक्तिनाथ बैंकको अनलाइन कर्जा

समाधान संवाददाता, पोखरा
मुक्तिनाथ विकास बैंकले कोभिड १९ को महामारीको विषम परिस्थितिमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो वेबसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।
बैंकले कर्जा स्वीकृतिका लागि आवश्यक पर्ने कागजातसमेत अनलाइनमार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो ।
यस प्रणालीमार्फत ग्राहकले आफूलाई सहज पर्ने कुनै पनि शाखा अनलाइन नै छनोट गरी कर्जा आवेदन दिन सकिने साथै सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जा स्वीकृति गरिने छ ।
बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको गुरुङले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।








अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौं टुर दी पोखरा’को तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया