थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

रासस, काठमाडाैं
बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो । नेपालका लागि इन्दु बर्माले २९, सीता राना मगरले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । खराब सुरूवात गरेको नेपालले २ रनमा २ विकेट गुमाएको थियो । नेपालका लागि काजोल श्रेष्ठ, रोमा थापा, सरिता मगरले १-१ रन मात्र बनाउन सके भने कप्तान रूविना क्षेत्रीले ३ रन जोडिन् ।
नेपालका लागि ममता चौधरी ५ रन बनाएर आउट भइन् । थाइल्याण्डका लागि सोरनारिन तिप्पोचले २ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । उसका लागि चानिदाले सर्वाधिक ३५ रन बनाउँदा नेउमोल चाउमाईले ३२ तथा वाङपाकाले २७ रन बनाइन् । नेपालका लागि कविता कुँवर र नेरी थापाले २-२ विकेट लिइन् भने करूणा भण्डारी र रूविना क्षेत्रीले १-१ विकेट हात पारे ।
सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय गरी दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्न बिहीबारको खेल दुवै टोलीका लागि निर्णायक जस्तै थियो । प्रतियोगिताको दाबेदार मानिएको थाइल्याण्डले लगातार दोस्रो खेलमा जित हात पार्दा नेपालले पहिलो हार व्यहोर्यो । एसोसियट टोलीमध्ये सबैभन्दा राम्रो देखिएको थाइल्याण्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
यही प्रतियोगिताको तयारीका लागि गत महिना आयोजना भएको थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपालले ब्याटिङमा ५ विकेट गुमाएर १२६ रन बनाएको थियो । पहिलो खेलमा घरेलु टोली थाइल्याण्डले भने वर्षाले प्रभावित खेलमा चीनलाई ६ विकेटले हराएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया