बांग्लादेश: ऐतिहासिक नगरको आगलागी नियन्त्रणमा, मृतकको सङ्ख्या ७० पुग्यो

समाधान संवाददाता २०७५ फागुन ९ गते १५:०४

बीबीसी

बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको सङ्ख्या ७० पुगेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार थुप्रै घाइते भएका छन् ।

घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन् । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बताए अनुसार राति १० बजपछि आगो लागेको हो ।

Advertisement

राजधानीको पुरानो र ऐतिहासिक शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो।

कारण
हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो । आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए । आगो बिहान मात्र नियन्त्रणमा लिन सकिएको अधिकारीहरूले बताएका छन् । महानिर्देशक खानका अनुसार आगो लाग्नुको कारण थाहा भएको छैन ।

Advertisement

खानले भने, “केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो।”

उनका अनुसार साँघुरो बाटो र पानीको अभावले गर्दा आगो नियन्त्रणमा लिन अप्ठ्यारो परेको थियो।

तपाईको प्रतिक्रिया