मंसिरमा ८९ मुद्दा दर्ता

समाधान संवाददाता, पोखरा
गत १३ मंसिरमा कास्की प्रहरीले पोखरा महानगरपालिका १६ लामाचौरबाट प्रकाश नेपालीलाई पक्राउ ग¥यो ।
सोही ठाउँकी ११ वर्षे फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
बालिकालाई घरमा कोही नभएका बेला धम्की दिएर उनले करणी गरेको सुचना पाएलगत्तै कास्की प्रहरीले पक्राउ गरेको थियो ।
९ मंसिरमा कास्कीका १ पुरुषलाई हाडनाता करणीको मुद्दामा पक्राउ ग¥यो ।
आफ्नी १३ वर्षीया छोरीलाई होटलमा लगेर जवरजस्ती अश्लिल भिडियो देखाएर करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुष पक्राउ परेका थिए ।
यी २ सहित कास्कीमा मंसिर महिनाभर जबरजस्ती करणीका ५ मुद्दा दर्ता भएका छन् । ५ मुद्दामा प्रहरीले ५ जनालाई नै पक्राउ गरेको छ । २ मुद्दा जबरजस्ती करणी उद्योगमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठका अनुसार कास्कीमा १ महिनामा ८९ मुद्दा दर्ता भएका छन् ।
दर्ता भएका मुद्दामा सबैभन्दा बढी बैंकिङ कसुरको मुद्दा छन् । बंैकिङ कसुरमा सबैभन्दा बढी १३, लागुऔषध ओसारपोसारमा १० मुद्दा परेको एसपी श्रेष्ठले जानकारी दिए ।
लागुऔषध ओसारपोसार सम्बन्धि कसुरमा १५ पुरुष पक्राउ परेका छन् । जुवाका ४ वटा मुद्दा परेका छन् जसमा २३ पुरुष र ४ महिलागरि २७ जना पक्राउ परेका छन् । जुवामा २ लाख १५ हजार ४५५ रुपैयाँ बरामद भएको छ ।
मंसिरमा मात्रै ३२ सय ८० जना ट्राफिक कारबाहीमा परेका छन् । उनीहरुको साथबाट २४ लाख ६ हजार ७०० रुपैयाँ राजश्व उठाइएको छ ।
प्रहरीले मंसिरमा मात्रै २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरुबाट १ लाख २१ हजार ८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया