गण्डकीमा थप ३ कोरोना संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ पुष ९ गते १८:०५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका २ र स्याङ्जाका १ जनाको मृत्यु भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ७१ वर्षे वृद्ध, म्याग्दे गाउँपालिका ५ का ७३ वर्षे वृद्ध र स्याङ्जाको फेदीखोला गाउँपालिका १ का ७४ वर्षे वृद्धाको मृत्यु भएको हो ।

Advertisement

शुक्लागण्डकीका संक्रमितको बिहीबार र अरु २ जनाको बुधबार राति मृत्यु भएको निर्देशनालयले जनाएको छ । तीनै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

योसहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ । ज्यान गुमाउनेमा कास्कीका १ सय ६, तनहुँका २३, नवलपुरका २०, स्याङ्जाका १४, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।

Advertisement

बिहीबार ५७ संक्रमित थपिए । ३२६ स्वाब परीक्षण गर्दा ५ जिल्लामा ५७ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ४२ पुगेको छ । संक्रमितमध्ये १२ हजार २ सय ५६ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया