पोखरा उद्योग वाणिज्य संघमा नारायण कोइराला विजयी

समाधान संवाददाता, पोखरा
पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । प्रतिस्पर्धी विन्दु कोइराला सुवेदीलाई ४१० मतले हराउँदै अध्यक्षमा नारायण विजयी भएका हुन् । आइतबार घोषणा गरिएको मतपरिणाम अनुसार नारायणले १३ सय ७५ मत पाउँदा बिन्दुले ९ सय ६५ मत ल्याइन् ।
नारायण अहिले संघमा वरिष्ठ उपाध्यक्ष र विन्दु उद्योगतर्फकी उपाध्यक्ष हुन् । नारायण दोस्रोपटक अध्यक्ष पदमा लडेका हुन् । ३१ औं महाधिवेशनमा ६ जनाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुँदा उनी तेस्रो भएका थिए । त्यो महाधिवेशनमा विश्वशंकर पालिखे अध्यक्ष भएका थिए । त्यतिबेला नारायणले ४११ मत पाएका थिए ।
३३ औं अधिवेशनबाट संघमा ४ उम्मेदवार भने निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चुनिएका हुन् । पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन् । प्रजापति नारायण कोइरालाको प्यानलका उम्मेदवार हुन् । हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध भए । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत भएका हुन् ।
जसले प्यानलबिनै चुनाव जिते
चुनावमा नारायण र बिन्दुले आ–आफ्नै प्यानल घोषणा गरेका थिए । दुवै प्यानलमा नभएकाहरुले पनि चुनावमा राम्रो मतसहित विजयी भएका छन् । त्यसरी जित्नेमा उद्योगतर्फको उपाध्यक्ष गोकर्ण कार्की, कार्यसमिति सदस्यमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानांग छन् ।
स्वतन्त्र र निर्विरोधबाहेक चुनावमा नारायण कोइराला प्यानल हाबी देखियो । बिन्दु कोइराला प्यानलबाट कार्यसमिति सदस्यमा पवित्रादेवी गुरुङमात्रै विजयी भइन् । बाँकी पदमा सबै नारायण प्यानलका उम्मेदवार विजयी भएका छन् ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया