राससकर्मी जमुना वर्षा शर्मा सम्मानित

गण्डकी, २६ पुस
राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा उनलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सम्मान गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले महिला पर्यटन व्यवसायी संगठित भएर अघि बढ्दा पर्यटन विकासमा टेवा पुग्ने बताए । पर्यटन क्षेत्रमा १९२ अर्ब प्रत्यक्ष लगानी र ५०० अर्ब निजी क्षेत्र को लगानी जोखिममा रहेको उनको भनाइ छ । पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङले महिला आफ्नो अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्ने बताइन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य हुने बताए । आन्तरिक पर्यटन पुनर्राेत्थान समितिका संयोजक अग्नि कँडेलले अहिलेको अवस्था पर्यटनलाई लय फर्काउन आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिए ।
मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिदै पर्यटन विकासका लागि लागिरहेको उल्लेख गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व जमुना वर्षा शर्मा लगायतले पोखराको पर्यटन लगायतका विषयमा बोलेका थिए ।
कार्यक्रममा मञ्चका सल्लाहकार देबका पहारी र पम्फा पहारीलाई सम्मान गरिएको थियो । बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने सचिव उमा भण्डारीले जानकारी दिइन् ।










सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया