आहा रारा गोल्डकप- एपीएफ सेमिफाइलनमा प्रवेश

समाधान संवाददाता
आहा रारा गोल्डकपको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोली सशस्त्र (एपीएफ) विजयी भएको छ । मनाङ मस्र्यांदी क्लबलाई शून्यका विरुद्ध १ गोलले एपीएफ विजयी भएको हो । जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको ७० औं मिनेटमा ७७ नम्बर जर्सीका खेलाडी प्रदीप लामाले हेडिङमाफर्त गरेको गोलले एपीएफलाई जिताएको हो । कर्नरबाट सन्तोष श्रेष्ठलले दिएको पासलाई लामाले हेड गर्दै पोस्टको जाली चुमाए । लामा प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भएका छन् ।
खेलको अधिकांश समय दबाबमा रहेर पनि पाएको मौकालाई सदुपयोग गर्दा जितेको एपीएफका टिम प्रशिक्षक रत्नकाजी महर्जनले बताए । उनले भने, ‘पहिलो हापमा भनेजस्तो मुभ गर्न सकेनौं । तर दोस्रो हापमा त्यसलाई सुधार गर्यौं र खेल जित्यौं ।’
महर्जनले टिममा नयाँ खेलाडी भएपनि राम्रो सामुहिक समन्वय भएका बताए । ‘हाम्रा ३-४ जना कोही राष्ट्रिय खेल र कोही घाइते हुनुहुन्छ,’ उनले भने, ‘नयाँ भएर पनि एकदम राम्रो खेले ।’ उनले नयाँ खेलाडीलाई दिएको मौका एकदमै राम्रो तरिकाले पूरा गरेको बताए ।
मनाङ मस्र्यांदी क्लब पछिल्लो समय खेल खस्किरहेको छ । पहिलेजस्तो क्लबले पनि खेल प्रदर्शन गर्न नसकिरहेको प्रशिक्षक टोपे फुजाले स्वीकारे । उनले भने, ‘लिग गेमपछि हामीले लगातार हारिरहेका छौं । यो राम्रो होइन । खेल सुधार्न जरुरी छ ।’
फुजाले खल अवधिभर केही राम्रा अवसर पाए पनि त्यसलाई गुमाउनाले हार्नुपरेको बताए । ‘तुलनात्मक रुपमा हामीले राम्रो खेलेकै हो तर कसरी, कसरी हामीले हार्नुपर्यो,’ उनले भने । यसअघि एपीएफले आयोजक सहारा क्लबलाई पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो । निधारित समयमा १–१ को बराबरी र ट्राइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा पुगेर एपीएफ विजयी भएको थियो ।
आइतबार हुने दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्नेछन् । शेर्पा प्रिक्वाटरफाइनल खेलमा धरान फुटबल क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
तस्बिर- युनिश गुरुङ-समाधान







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया